दफा २०
बोर्डको सदस्यले निर्णय प्रक्रियामा भाग लिन नहुने
(१) बोर्डको बैठकमा निर्णयको लागि पेश हुने कुनै कार्यसूचीको सम्बन्धमा बोर्डको कुनै सदस्यको निजी सरोकार वा स्वार्थ रहेको भएमा त्यस्तो कार्यसूचीका सम्बन्धमा हुने निर्णय प्रक्रियामा निजले भाग लिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको अवस्था आई परेमा सम्बन्धित सदस्यले सदस्य–सचिव मार्फत बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
(३) उपदफा (१) विपरीत हुने गरी निर्णय भएको देखिएमा त्यस्तो निर्णय स्वतः बदर हुनेछ ।